ब्यवसायी कार्कीको उदाहरणीय कार्य, संक्रमीत बिरामीलाई आफैले पुर्याउछन अस्पताल

२०७८, २२ बैशाख बुधबार २०:२०

पाल्पा । कोरोना संक्रमण भएका बिरामीलाई अस्पताल सम्म पुर्‍याउन एम्बुलेन्सको अभाब भएको समाचार आइरहेको बेला यहाँका ब्यवसायी भने समाजसेवामा लागेका छन। पाल्पाका ब्यवसायी तथा समाजसेवी यादब सिंह कार्कीले आफनै गाडीमा संक्रमीत बिरामीलाई सेवा दिएका छन । उनले “काेही पनि काेराेना पाेजेटिभ देखिएकाले अस्पतालमा जानका लागि एम्बुलेन्स र गाडी पाउनु भऐन भने म सेवा गर्न तयार छु । उच्च मनाेवल बनाउ काेराेना भगाउ, सम्पर्क 9857060227, 9857033725” भनेर सम्पर्कका लागी आग्रह गरेका छन ।

सेवा नै धर्म हो भन्ने भावले प्रेरित भएका कार्कीले कोहि बिरामी अस्पताल सम्म जान र आउनबाट बन्चित हुन नपरोस भनेर संक्रमण रोगको प्रवाह नगरी सेवामा लागेको बताए । बुधबार उनले ३ जना संक्रमीत बिरामीलाई अस्पताल सम्म पुर्‍याउने काम गरे । उनको यो कार्य प्रती सबैतिरबाट प्रसंशा गरिएको छ।

कार्कीको यो उदाहरणीय कार्यबाट यहाँका जनप्रतिनिधिले शिक्षा लिनुपर्ने सामजिक सन्जाल मार्फत धेरैले सुझाब दिएका छन । संक्रमण भएकाहरुलाई सेवा गर्दा आफु पनि सुरक्षित भएर मानबिय सेवामा समर्पित हुन आवस्यक छ । कार्की पाल्पाका ब्यवसयी र सामाजिक संघसंस्थामा आबद्ध रहेका छन।

Comments

ताजा खबर