कोरोना संक्रमण डरलाग्दो अवस्थामा, अधिकांस संक्रमीत नगरक्षेत्रका

२०७८, २० बैशाख सोमबार १९:२२

पाल्पा । पछिल्लो समय कोरोना संक्रमणको दर डरलाग्दो अवस्थामा बढेको छ । सोमवार पाल्पामा पिसिआर परीक्षणबाट ७३ र एन्टिजेन परीक्षणमा २० गरी ९३ जनामा कोरोना पुष्टि भएको छ । पिसिआर विधिबाट ९७ जनाको परीक्षण गर्दा ७३ र एन्टिजेन बिधिबाट ४८ जनाको परीक्षण गर्दा २० जनामा संक्रमणको पोजेटिभ नतिजा आएको स्वास्थ्य कार्यालय पाल्पाले जानाएको छ । संक्रमणको यो दर अहिलेसम्मकै उच्च हो । संक्रमण भएकाहरु ५६ जना तानसेन नगरपालिकाका रहेका छन ।
यस्तै पछिल्लो २४ घण्टामा २० जना संक्रमीत निको भएका छन । जिल्लामा ३८ जना कोरोनाका बिरामी अस्पतालमा उपचाररत छन भने ४ सय ७० जना होम आइसोलेसनमा गरी कुल संक्रमीत को संख्या ५ सय ८ जना रहेका छन ।

Comments

ताजा खबर