ज्वरोका बिरामिको रगत परिक्षण गर्न मान्दैनन मेडिकलका ल्याब

२०७८, १९ बैशाख आईतवार २२:२२

तानसेन । समुदायमा स्वास्थ्यको अवस्था सामान्य रहेको बेला ग्राहक तान्न निकै प्रचार-प्रसार गर्ने तानसेनका निजि मेडिकल अहिले भने बिरामीको उपचारमा आनाकानी गर्नेगरेका छन । पाल्पाका अस्पतालहरु बिरामीले भरिभराउ छन । सामान्य ज्वरोका बिरामीहरु अस्पताल जानुको सट्टामा निजि क्लिनिकमा जाने गर्छन । तर तानसेनका केही मेडिकलमा संचालन रहेका ल्याबमा भने ज्वोरोका बिरामीहरुको परिक्षण नै हुदैन । उनिहरुले बिरामी हेर्न अनाकानी गर्छन । जसका कारण सामान्य उपचार पाउन सर्बसाधारणले कष्ट भोग्नुपरेको छ ।

तस्बिर गुगल

शुक्रबार पाल्पा अस्पतालमा बिरामी जाचका लागी पुग्दा किट नभएको भनेर फर्काइयो । यस्तै नेपाल परिवार नियोजन संघको भवन तानसेन बारुदखानमा पुग्दा ज्वरोका बिरामीको रगत जाँच नहुने भन्दै फर्काइयो । तत्कालै तानसेनको प्रसंशा मेडिकलहलमा सम्पर्क गर्दा ज्वरो आएका बिरामिको उपचार र परिक्षण नहुने संचालकले जानकारी दिए । चिकित्सकको आचार संहितामा `आफ्नो बुद्धि र क्षमताले भ्याएसम्म उचित निदान गरी रोगको उपचार गर्ने´ भन्ने उल्लेख छ तर यहाँका निजि तथा संस्थागत संस्था भने आचारसंहितामा बेखबर जस्तै छन ।

सरकारले मेडिकल र स्वास्थ्य उपचारको क्षेत्रलाई अत्यावश्यक सेवामा सूचीकरण गरेको छ । तर अत्यावश्यक क्षेत्रमा पर्ने निजि मेडिकलहरुले महामारीको बेलामा उपचार गर्न अनाकानी गर्दा सहज उपचारमा कठिनाई भएको छ । नागरिकले सामान्य उपचार पाउन सहज बाताबरण बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान जान आवस्यक छ ।

Comments

ताजा खबर