धनगढीको कोभिड अस्पतालमा उपचाररत थप दुईजना संक्रमितको मृत्यु

२०७८, १९ बैशाख आईतवार १७:५२

१९ वैशाख, धनगढी धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको

सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाकै दुई जनाको आइतबारदिउँसो मृत्यु भएको हो

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका वडा नम्बर की ४० वर्षीया संक्रमितमहिलाको मृत्यु भएको जानकारी दिए वैशाख १३ गते कोरोना पुष्टि भएपछि उनको सेती अस्पतालमा उपचार भइरहेको थियो

यस्तै धनगढी उपमहानगरपालिका की ३८ वर्षीया महिलाको पनि मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको अस्पतालका सूचनाअधिकारी दिलिप कुमार श्रेष्ठले आईसीयूमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको जानकारी दिए

Comments

ताजा खबर