ललितपुरमा स्थानीयले बनाए अक्सिजनसहितको आइसोलेसन सेन्टर

२०७८, १९ बैशाख आईतवार १७:४६

१९ वैशाख, ललितपुर ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् स्थानीयवासीकालागि च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितकोआइसोलेसन सेन्टर तयार गरिएको हो

फोटो फाईल

कोरोनाबाट संक्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेसन सेन्टर तयार गरिएको च्यासल टोल सुधार समितिका अध्यक्ष श्यामव्यञ्जनकारले जानकारी दिए अस्पतालहरुमा बेड नपाइरहेको समाचार आइरहेको त्यसैले सामान्य अक्सिजनले हुने अवस्थामाहामीले आफैं व्यवस्था गर्न सकिन्छ भनेर तयार गरेका हौं,’ उनले भने

अहिलेसम्म स्थानीय बासिन्दालाई कोरोना संक्रमण भएको खबर नपाएको उनले बताए डा. विक्रम व्यञ्जनकार, डा. सुविन व्यञ्जनकार डा. सुनिता व्यञ्जनकारको सुझाव अनुसार आइसोलेसन तयार पारिएको उनले बताए

फोटो फाईल

 

आइसोलेसनमा बस्नेहरुलाई डा. समिरा व्यन्जनकारले जाँच गर्नेछिन् डा. समिरा २०७४ सालमा भएको युएस बंगला विमान दुर्घटनामाबाँच्न सफल व्यक्ति हुन्

Comments

ताजा खबर