मुख्यमन्त्रीमा पोखरेल पुन: नियुक्ति

२०७८, १९ बैशाख आईतवार १६:१९

वुटवल । अचानक राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल पुन: नियुक्ति हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तीमा  प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ उपधारा (१) अनुसार नियुक्त गरिएको बताइएको छ । मुख्यमन्त्री शंकर पोखरेल नेकपा एमालेको संसदीय दलको नेता हुनुहुन्छ ।
यसअघि ३ फागुन २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र)को समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । आइतबार बिहान अचानक लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिनुभएको थियो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल विरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेकाे थियाे। उक्त अविश्वास प्रस्तावमाथि आज आह्वान गरिएको बैठकमा छलफल हुने कार्यसूचि रहेकाे थियो ।

Comments

ताजा खबर