चट्याङले एकको मृत्यु, दुई घाइते

२०७८, १९ बैशाख आईतवार १५:४७

पाल्पा । गयराती चट्याङ लागेर एक जनाले ज्यान गुमाएका छन । जिल्लाको तिनाउँ गाउँपालिका १ कचलका कर्णबहादुर उचईको घरमा चट्याङ परेर स्थानीय १६ वर्षीय प्रेम बहादुर बगालेको शनिबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पा प्रहरीका अनुसार उनलाई उपचारको लागी लुम्बिनी मेडिकल केलज प्रभास पाल्पा ल्याईएको थियो । अस्पतालमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । चट्याङले लागेका अन्य दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा तिनाउ १ का १५ वर्षीया ईन्दिरा उचई र १९ वर्षीय रामु गाहा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्षमण पचभैयाले जानकारी दिए । घाइतेको अवस्था मध्यम रहेको छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु