मुख्यमन्त्रीको राजिनामा

२०७८, १९ बैशाख आईतवार १४:०४

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजनीमा बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेल द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ ‘माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यू समक्ष लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पाखेरेलले नेपालको संविधानको धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजनीमा आज मिति २०७८ साल वैशाख १९ गतेका दिन माननीय प्रदशे प्रमुखज्यूले स्वीकृत गर्नुभएको छ’।
लुम्बिनी प्रदेशमा अर्को व्यवस्था नभएसम्मका लागि पोखरेलकै नेतृत्वको सरकारले कामचलाउ कार्यभार सम्हाल्ने विज्ञप्तिमा उल्लेख छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु