कुन विकास बैंकले कति नाफा कमाए ? हेर्नुहोस् !

२०७८, १८ बैशाख शनिबार १२:५६

काठमाडौं -सञ्चालनमा रहेका १६ विकास बैंक मध्ये हालसम्म १५ ओटाले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका छन् । शुक्रबारसम्म कर्णाली विकास बैंक बाहेक सबै बैंकले यस्तो वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।
१५ विकास बैंक मध्ये नारायणी डेभलपमेण्ट बैंक नोक्सानमा रहेको छ भने बाँकी १४ बैंकहरु नाफामा छन् । १४ बैकले कुल रू. ४ अर्ब ७८ करोड ८८ हजार नाफा आर्जन गरेका हुन । गत आवको तेस्रो त्रैमासमा १४ बैंकहरुले रू. २ अर्ब ५७ करोड ५४ लाख नाफा आर्जन गरेका थिए ।
नारायणी डेभलपमेण्ट बैंकले चालू आवको तेस्रो त्रैमाससम्मा रू. ५२ लाख ५४ हजार नोक्सानी ब्याहारेको छ । गत आवको तेस्रो त्रैमासमा पनि रू. १० लाख ९९ हजार नोक्सानी थियो ।
सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ। बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५६ लाख नाफा आर्जन गरेको हो । बैंकले गत आवको तेस्रो त्रैमासमा रू. ६७ करोड ६० लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा बैंकको नाफा ४८ दशमलव ७५ प्रतिशतले वृद्धि भएको हो ।
१५ कम्पनी मध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानीमा पनि मुक्तिनाथ विकास बैकको रहेको छ । बैंकको वितरणयोग्य नाफा रू. ८२ करोड ८७ लाख रहेको छ भने प्रतिशेयर आम्दानी रू. २७ दशमलव ८७ पुगेको हो ।

कुन विकास बैंकले कति नाफा कमाए ? हेर्नुहोस् !

 

Comments

ताजा खबर