सोलुखुम्बु सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्र, पत्ताले, पिकेडाँडासहितका क्षेत्रमा मङ्गलबार हिमपात भएको स्थानीयले बताएका छन् । खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रमा बिहानैदेखि हिमपातहुन थालेको नाम्चेका लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नाम्चे बजारमा केही समय अघिदेखि हिमपात सुरु भएको छ भने थामे, त्याङबोचे, कोङदे, खुम्जुङलगायतका क्षेत्रमा गएरातिदेखि नै हिमपात भइरहेको छ । खुम्बुको तल्लो भेगमा हिउँ परिरहेको छ भने नाम्चे, लुक्लालगायतका ठाउँबाट देखिने डाँडाहरू सेताम्मेबनेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले बताउनुभयो ।
हिमपात भएसँगै स्थानीयबासी भने खुसी भएका छन् । हिउँ परेपछि क्रमशः चिसो घट्दै जाने तथा हावाहुरीसमेत कम चल्ने तथाबालीनाली लगाउन उपयुक्त हुने स्थानीय फुर्ग्याल्जेन शेर्पाले बताउनुभयो ।
अघिल्लो वर्ष मङ्सिरको दोरो हप्तादेखि हिउँ पर्न थालेको भए पनि यस वर्ष पुस तेस्रो हप्तामा मात्रै हिउँ परेको हो । ओलखढुङ्गाकोतल्लो क्षेत्र पिके डाँडा, पत्ताले, ओखलढुङ्गाको जन्तरधामलगायतका क्षेत्रमा पनि सामान्य हिमपात भएको छ ।
यसैबीच, खुम्बुसहित सोलुखुम्बुको तल्लो क्षेत्रमा पनि तापक्रम वृद्धि भएको स्थानीयले महसुस गरेका छन् । सोमबारदेखि हावा चल्नथालेसँगै विगतको भन्दा निकै तातो महसुस भएको लुक्लाकी जाङमु शेर्पाले बताउनुभयो ।
बिहानको समय माइनस ३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने लुक्लामा मङ्गलबार बिहान ८ डिग्री सेल्सियस मापन गरिएको नागरिकउड्डयन कार्यालय लुक्लाले जनाएको छ । सोलुखुम्बुको तल्लो क्षेत्रमा हावा चलेसँगै तापक्रम बढेको महसुस भएको स्थानीयले बताएकाछन् ।