धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकोप्टर र शव फेला

२०७८, १७ बैशाख शुक्रबार १८:१०

काठमाडौँ ,बैशाख १७ । नेपाली सेनाले १५ वर्षअघि धौलागिरी हिमालमा हराएको एक हेलिकप्टर र दुई वटा शव फेला पारेको छ ।

फाइल फोटो

सेनाको ‘सफा हिमाल अभियान २०२१ अन्तरगत हिमालको फोहोर संकलन गर्दा सन् २००६ मा दुर्घटना परेर हराएको एयर डायनेष्टिक हेलिकप्टर फेला पारेको हो । नाइन एन ए सीआर कलसाइनको हेलिकप्टर सेनाको सफाइ टोलीले फेला पारेको सेनाले जनाएकोछ ।

 ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन गर्ने क्रममा मिति २०७८/०१/१५ गते धवलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका २ (दुई) वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ कि.मि. ईटालि बेस क्याम्पतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष समेत फेला परेको छ’ सेनाले भनेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु