८ सय ८८ जना निको हुँदा ४ हजार ९ सय बढी कोरोना संक्रमीत थपिए

२०७८, १६ बैशाख बिहीबार १७:१५

पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ सय ८८ जना निको भएका छन । निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ८ सय ३१ जना र एन्टिजेन विधिबाट ९७ जना गरी ४ हजार ९ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संगै देशभर सक्रिय संक्रमित संख्या ३४ हजार १ सय १७ रहेको छ। कुल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५ सय ३० पुगेको छ।

Comments

ताजा खबर