कोरोना नियन्त्रणका लागी रिब्दीकाेटको पुर्ब तयारी

२०७८, १४ बैशाख मंगलवार १९:५४

पाल्पा । दैनिक रुपमा कोरोना संक्रमणको दर बढेसङ्गै नियन्त्रणका लागी रिब्दीकाेट गाउँपालिकाले पुर्बतयारी गरेको छ । गाउपालिकाका स्वास्थ संयोजक सुनिल अधिकारीका अनुसार काेराेना अस्पताल निर्माण गरी १० वटा अक्सिजन सिलिन्डर सहित ५ वेड तयारी अवस्थामामा राखेको छ ।

गाउँपालिका अन्तर्गत देउराली स्वास्थ्य चाैकी र कुसुमखाेला स्वास्थ्य चाैकीमा २०/२० वटा आईसाेलेसन वेड र आवश्यकता अनुसार अन्य ठाउँमा समेत संचालन गर्ने गरि अन्तिम तयारी मा जुटेको संयोजक अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार १/२ दिनमै करिब ४० सिलिन्डर अक्सिजन रिब्दीकाेट गाउँपालिकाले किन्दैछ । पालिकाबासीहरुलाई नआतिन र स्वास्थ सतर्कता अपनाउन आग्रह गर्दै “सेवामा निरन्तर रहने छाै सबै सुरक्षित घरमै बसेर हामी लाई सहयाेग गर्नु हुनेछ भन्ने पुर्ण विश्वास लिएका छौ” । अधिकारीले बताउनुभयो । सम्पूर्ण रिब्दीकाेट बासिन्दाले सकरात्मक सुझाव दिन समेत आग्रह गरेकोछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु