कृषकलाई कुटानी – पिसानी मिल वितरण

२०७८, १४ बैशाख मंगलवार १९:३५

पाल्पा । खाने अन्नका पिस्नका लागी लामो समय खर्चिदै आएका यहाँका कृषकहरुलाई अब भने सहज हुने भएको छ । रैनादेवी छहरा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कुटानी पिसानीका मिल कृषकहरुलाई उपलब्ध गराएको छ । पालिका भित्रका २१ कृषक लाई मिल वितरण गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीका अनुसार कृषकको मागका आधारमा आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई कुटानी पिसानी मिल दिइएको हो । कृषिममार्फत उद्यमशिता बनाउनका लागि विभिन्न अनुदानमा कृषि यन्त्र तथा उपकरणहरु दिर्दै आएको अध्यक्ष कार्कीले बताउनुभयो ।
प्रत्येक टोल–टोलमा मिल भए पछि कुटानी पिसानीमा सहज हुने विश्वास गाउपालिकाले लिएको छ । कामको बोझ घट्ने र समय सदुपयोग हुने हुँदा यहाँका कृषक हर्षित भएका छन ।

Comments

ताजा खबर