४१ जना कोरोना सङ्ंक्रमित थपिएस‌गै सक्रिय संङ्क्रमितको संख्या १ सय ९८ पुग्याे

२०७८, १४ बैशाख मंगलवार १७:०१

पाल्पा, १४ बैशाख । पछिल्लाे २४ घण्टामा थप ४१ जनामा कोरोना सङ्ंक्रमण पुष्टि भएको छ । यो संगै पाल्पा जिल्लामा सक्रिय संङ्क्रमितको संख्या १ सय ९८ पुगेको छ । जस मध्ये तानसेन नगरपालिकाका ३१ जना रहेका छन् । बगनासकाली, माथागढी र रिब्दिकोट गाउँपालिकाका २।२ जना, त्यस्तै रम्भा,तिनाउ,निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा १।१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको ७८ नमुना परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पाल्पामा कुल संक्रमितको संख्या २ हजार २ सय २० पुगेको छ । संक्रमितमध्ये १ हजार ९ सय ८३ जना निको भएका छन् भने ३९ जनाको निधन भएको छ ।

सरकारले पाहाडी जिल्लामा सक्रिय संङ्क्रमितको संख्या २ सय पुगेपछि लकडाउन गर्नसक्ने निति वनाएकाे छ । जसका कारणा यहाँका स्थािनयमा त्रास सृजना भएकाे छ ।

Comments

ताजा खबर