इन्जिनियरहरुको हकहितलाई सुरक्षित गर्न उम्मेदवारी : इन्जिनियर घिमिरे

२०७८, ९ बैशाख बिहीबार १४:५०

पाल्पा । नेपाल इन्जिनियर्स एशोसियसनको लुम्बिनी प्रदेश सदस्य पदमा बृहत प्रगतिशील गठबन्धनबाट पाल्पाका इन्जिनियर दिपेश घिमिरेले उम्मेदवारी दिएका छन् । उनी तानसेन नगरपालिकामा कार्यरत छन् । नेपाल इन्जिनियर्स एशोसियसनको यही बैशाख २४ गते निर्वाचन हुँदैछ । सबै इन्जिनियरहरुको हकहितलाई कार्यान्वयन गर्नका लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।

उनले भने ‘यो वा त्यो बहानामा इन्जिनियरहरु पिल्सिने गरेका छन्, समस्यामा परेका इन्जिनियर साथीहरुको समस्या समाधान गर्न कटिबद्ध ढंगले लाग्नेछु ।’ ईन्जिनियरिङ पेशालाई थप मर्यादित बनाउदैँ यस समुदायको समस्या समधानमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरुको साथ सहयोग मार्गनिर्देशन र अमुल्य मतको अपेक्षा गरेको उनले बताए ।

इन्जिनियर घिमिरेले लुम्बिनी ईन्जिनियरिङ कलेज बाट सिभिल ईन्जिनियरिङमा बिई गरेका छन् । साथै सोही कलेजका निर्वाचित स्ववियु सभापति समेत रहेका छन् । विद्यार्थी जीवनबाट प्रष्ट बक्ताको रुपमा परिचय बनाएका घिमिरे अनेरास्ववियुका विभिन्न कमिटी हुँदै प्रोग्रेसिभ ईन्जिनियरिङ येसोशियसन नेपाल (पिन) का प्रदेश सदस्य समेत छन् । उनी हाल लुम्बिनी ईन्जिनियरिङ कलेजमा स्नातकोत्तर अध्ययनरत छन् ।

नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा लुम्बिनी प्रदेशको सदस्यमा उम्मेदवारी दिएका प्यानलबाट सभापतिमा जीवन अर्यालले उम्मेदवारी दिएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु