NRNA जापानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।

२०७८, ५ बैशाख आईतवार ११:५६

जापान । शनिबार जापानको राजधानी टोकियोमा गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा नेपाली नागरिक सहित जापानी नागरिकको पनि सहभागिता रहेको थियो । टोकियो रेडक्रसको सहकार्यमा सिन्जुकु वार्ड स्थित रेडक्रस ब्लड सेन्टरको कार्यालयमा भएको रक्तदानमा यो कोरोना महामारीका बीच पनि ५५ जनाले रक्तदान गरेका छन् । ४३ जना नेपाली र १२ जना जापानी नागरिकले रक्तदान गरेको साथै २० जाना केही कारण बस २० जानाले दिन नमिलेको गैर आवासीय नेपाली संघ जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गर्दै एनआरएनए जापानले यो कार्यक्रम गत अक्टोवरमा गर्ने योजना बनाएको थियो तर कोरोना महामारीका कारण सोही समयमा गर्न नसकेको अहिले आएर गर्न सफल भएको जनाएकोछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु