प्रधानमन्त्रीको सम्बोधन, सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा

२०७८, १ बैशाख बुधबार १०:२१

नयाँ वर्ष २०८८ को पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्नुभएको छ । २०७७ साल कोरोना महामारीका साथै राजनीतिक अस्वस्थताले धुमिल भएको सम्बोधनका क्रममा प्रधानमन्त्रीले बताउनुभयो ।

सम्बोधनका क्रममा सरकारले संबृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक पार्न हरेक दिन साँढे ५ किलोमिटर बाटो निर्माण गरिरहेको दावी गर्नुभयो । व्यापार घाटा संतुलनतर्फ फर्काउने प्रयास जारी रहेको प्रधानमन्त्रीको भनाई छ । आगमि बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा प्रधानमन्त्रीले गर्नु भएको छ ।

मेलम्चीको पानी काठमाडौंमा ल्याउन सफल हुनुलाई अघिल्लो वर्षको मूख्य उपलब्धीको रुपमा चित्रण गर्नु भएको छ । आफूहरूको सही नीतिकै कारण कोरोनाबाट तुलनात्मक रूपमा नेपालमा कम क्षति भएको प्रधानमन्त्रीले बताउनुभयो । उहाले कृषि उपजमा वृद्धिदर राम्रो रहेको, भन्दै सरकारले सकेसम्म लकडाउनमा जानु नपरोस् भन्ने चाहेको तर महामारी हृवात्तै बढेपछि विकसित देशहरुले पनि बाध्य भएर लकडाउन गर्नु परेको स्मरण गर्दै अहिले नै सतर्कताबाट परिस्थितिलाई बिग्रिन नदिऊँ भन्दै कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नु भएको छ ।

Comments

ताजा खबर