श्लेषमान्तक बनमा चिहान निर्माण कार्य तत्काल रोक्न माग

२०७७, ३१ चैत्र मंगलवार २२:४२

काठमाडौ । सनातन धर्म महासंघ नेपालले पशुपतिको श्लेषमान्तक बनमा भइरहेको इसाइ क्रिश्चियन सम्प्रदायको चिहान निर्माण कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई ज्ञापन पत्र बुझाएको छ । महासंघका महासचिव अम्मर परियारको नेतृत्वमा एक समूहले विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
सर्वोच्च अदालतको वि.स. २०६८ जेष्ठ १ गतेको परमादेश विपरित पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीहरूले आजपर्यन्त लाश गाड्ने र पक्की चिहान बनाउने कार्य गरिरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न महासंघले माग गरेको छ । नेपालका मौलिक धार्मिक सम्प्रदायमाथि एकपछि अर्को विदेशी विधर्मी आक्रमण भइरहेको अवस्थामा पशुपति जस्तो हिन्दूहरूको आस्थाको केन्द्रमा इसाइ चिहान बन्नु हाम्रो धर्ममाथि आक्रमणको रुपमा लिएका छौ । पशुपति विकास कोषले यसलाई तत्काल नरोके अप्रिय कदम चाल्न बाध्य हुने र त्यसको जिम्मा पशुपति विकास क्षेत्र कोषले लिनुपर्ने सनातन धर्म महासंघका महासचिव अम्मर परियारले बताउनुभयो ।

सांस्कृतिक सम्पदामाथि दैनिक रुपमा अतिक्रमण बढेपछि संसदीय अनुगमन समितिले पशुपति क्षेत्रको अनुगमनका क्रममा अतिक्रमण रोक्न सरोकार भएका निकायलाई निर्देशन दिएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु