थपिदै संक्रमीत १३ को मृत्यु, ५ सय ५९ जनामा संक्रमण पुष्टि

२०७७, ३० चैत्र सोमबार १८:५६

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट १३ जनाको मृत्यु भएको छ भने ५ सय ५९ जनामा संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । यो संगै नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ६ रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु