शिक्षामा परिवर्तनकाे आवस्यकता छ – सांसद पाण्डे

२०७७, २९ चैत्र आईतवार ०७:५७

पाल्पा, २९ चैत ।
यस क्षेत्रको पहिलो पब्लिक क्याम्पस तानसेन बहुमुखी क्याम्पसले दोस्रो क्याम्पस सभा मनाएको छ । दाेस्राे क्याम्पस सभाकाे उद्घाटन गर्दै पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद साेमप्रसाद पाण्डेले अहिलकाे शिक्षामा परिवर्तनकाे जरूरी रहेकाे बताए । उनले नेपालभन्दा पछाडी रहेका धेरै पछाडी रहेका देशहरूले जनतालाइ शिक्षित बनाएर दीगाे विकास गर्न सफल भएकाे बताए । क्याम्पसका संस्थापक तथा संरक्षक डा. राम प्रसाद ज्ञवालीले भने “शिक्षा प्रदेय हाे अादेय हाेइन” । हामीले क्याम्पसलाइ तथा यहाँका विद्यार्थीहरूलाइ के दिन सक्याैं भनेर साेच्ने हाे के पायाैँ भनेर हाेइन ।

दाेस्राे क्याम्पस सभामा बाेल्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक राजेश्वर उदयले तानसेन बहुमुखीलाइ अगाडी बढाउन जिल्लामा समेत नभएका अन्य विषयमा अध्यापन गराउन सक्नुपर्ने बताए । यस्तै राजेश्वर उदयले स्थापना कालमा पश्चिम नेपालमै नभएकाे शिक्षा संकायबाट विद्यार्थीहरूलाइ शैक्षिक जागरण ल्याउन सफल भएकाे बताए ।

दाेस्राे क्याम्पस सभामा क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले भावी याेजना तथा कार्यक्रम सहितकाे प्रतिवेदन प्रस्तुत गरे । साेही अवसरमा संस्थापक शालिकराम पाैडेल, पूर्व प्राध्यापक डा सच्चितानन्द पाठक, शिव कुमार मिश्र र निवर्तमान अध्यक्ष भागवत ज्ञवालीलाइ मरणाेपरान्त सम्मान गरिएकाे थियाे ।

व्यवस्थापन समितिकाे अध्यक्षमा पन्त निर्वाचित

सभाबाट व्यवस्थापन समितिकाे अध्यक्षमा राजन प्रसाद पन्त निर्वाचित भएका छन् । शनिबार क्याम्पसमा भएको सभाले पन्तकाे नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएकाे हाे । क्याम्पसकाे सदस्यहरूमा संस्थापक/संरक्षक डा. रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानपा प्रमुख वा प्रतिनिधि पदेन सदस्य वडा अध्यक्ष मुक्तिराम जि सी, श्रीधरकुमार नेपाल प्राध्यापक प्रतिनिधी, मनिष मल्ल ठकुरी बिध्यार्थी प्रतिनिधी र राधेश्याम ज्ञवाली क्याम्पस प्रमुख/सदस्य सचिव निर्वाचित भएका छन् । यस्तै शनिबार नै भएकाे पव्लिक क्याम्पस प्राध्यापक संघ, तानसेन बहुमुखी क्याम्पस इकाई समितिमा श्रीधरकुमार उपाध्यायको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

कार्यवहाक अध्यक्ष जगजीवन गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीकाे सञ्चालनमा भएकाे थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु