आजको राशिफल तथा पञ्चाङ्ग

२०७७, २९ चैत्र आईतवार ०७:१३

आज मिति २०७७ साल चैत्र २९ गते आईतबार तदनुसार ११ अप्रिल २०२१ प्रमादी नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु चैत्र कृष्णपक्ष तिथि चतुर्दशी बिहान ०६ बजेर ०४ मिनेट उप्रान्त औशी । नक्षत्र–उत्तराभाद्रपदा, बिहान ०९ बजेर ०६ मिनेट उप्रान्त रेवती, चन्द्रराशि–मीन,पञ्चकको अन्तिम दिन। आउनुहोस रविदेवको स्मरण गर्दे आजको दिनको शुभारम्भ गरौ ।
ज्यो. जयराम सापकोटा, पाल्पा

मेष:<> (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काममा माता पिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ ।

बृष:<> (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ ।

मिथुन:<> (का,की,कू,घ,ङ,छ,के,को,हा)
थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । पठन पाठनमा समय दिन नसकिएला । अरूले आलोचना गर्न सक्छन् ।

कर्कट:<> (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मनग्य धन कमाउने अवसर मिल्नेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब बिचारहरुले डेरा जमाउनेछन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ ।

सिंह:<> (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनु हुनेछ ।

कन्या:<> (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमी प्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् । काममा सोचे जस्तै सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दि हुनेछ ।

तुला:<> (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएला ।

बृश्चिक:<> (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला ।

धनु:<> (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरु बन्ने छन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीत लिङ्गीबाट सहयोग मिल्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्म प्राप्तिको योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

मकर:<> (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् ।

कुम्भ:<> (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने छ ।

मीन:<> (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशसस्तै वढ्ने छ शुभचिन्तकहरूले आफ्ना कमजोरी प्रति गुनासो गर्न सक्छन्।
सूर्य वन्दना
आदित्यस्य नमस्कार ये कुर्वन्ति दिने दिने
जन्मान्तर सहश्रेषु दारिद्रयं नासजायते।

Comments

ताजा खबर