चार मन्त्रीले लिए सपथ

२०७७, २७ चैत्र शुक्रबार १९:०९

काठमाडौं, चैत २७ । दल परिवर्तनका कारण सांसद पदबाट हटेका चार मन्त्रीले पुनः सपथ लिएका छन् ।

फाइल फोटो

शुक्रबार अपरान्ह पाँच बजे चारै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।संविधानको धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले टोपबहादुर रायमाझीलाई उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रभु साहलाई सहरी विकास मन्त्रालय र गौरिशंकर चौधरीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जिम्मेवारी तोकि नियुक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले दल परिवर्तनका कारण माओवादी केन्द्रले सांसद पदबाट हटाएका चार जना मन्त्रीहरुलाई पुनः मन्त्री पदमा नियुक्त गरेका हुन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु