यातायात व्यवसायी कर्माचार्य र सिटौला विभुिषित

२०७७, २७ चैत्र शुक्रबार १२:१३

समग्र यातायात क्षेत्रकाे प्रतिनिधित्व गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र महासचिव सरोज सिटौला सम्मानित हुनुभएकाे छ । नेपाल सरकारले प्रवल जनसेवा श्री चतुर्थ विभुषण बाट आज दुवैजना लाइ सम्मान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विभुिषित हुनुभएकाे हाे ।

आफ्नो देश र समाजप्रति वफादार भई गर्नुभएको कर्तव्य तथा नेपालको यातायात क्षत्रको विकास, विस्तार र सामाजिक काममा महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष कर्माचार्य र महासचिव सिटौलालाई सम्मान भएकाे हो ।

सम्मानित भएर नेपालको यातायात क्षेत्रमा ठूलो हौसला मिलेको भन्दै सम्मानित द्धय कर्माचार्य र सिटौला याे सम्मान समग्र यातायात क्षेत्रकाे रहेकाे वताउनुभयाे ।

अध्यक्ष कर्माचार्य र महासचिव सिटौलाले सार्वजनिक यातायात सञ्चालनमा देखिएको समस्याका बारेमा यातायात क्षेत्रको तर्फबाट सम्बन्धित निकायमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ ।

Comments

ताजा खबर