आजको राशिफल तथा पञ्चाङ्ग

२०७७, २७ चैत्र शुक्रबार ०८:१९

आज मिति २०७७ साल चैत्र २७ गते शुक्रबार तदानुसार २०२१ अप्रिल ०९ तारिख, प्रमादी संवत्सर, सुर्यउत्तरायण वसन्त ऋतु । चैत्र कृष्णपक्ष । तिथि– त्रयोदशी,५८ घडी १५ पला, नक्षत्र–शतभिषा,बिहान ०६ बजेर २० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शुक्ल,२२ घडी २६ पला, करण–गर, बेलुकी ०४ बजेर ४८ मिनेट, आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ । आउनुहोस शन्तोषीमाताको स्मरण सँगै आजको दिनको शुभारम्भ गरौ।।
ज्यो.जयराम सापकोटा पाल्पावाट

मेष:- ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन अनावश्यक ठाउँमा धन खर्च हुन सक्ला तपाईको विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् । वैदेशिक क्षेत्रमा समय प्रतिकुल रहला ।

वृष:- ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज राम्रो लगानीको अवसर बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । तपाइको शुभ कार्यको चर्चा पनि चल्नेछ ।

मिथुन:- (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सहि ठाउमा बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आज नसोचेको ठाउमा अतिथिको रूपमा सत्कार पाइएला भने आज साथी र आफन्तको सहयोग प्राप्त हुने योग रहेकोछ ।

कर्कट:- ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिनमा नयाँ वस्त्र,गहनाआदिको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर हौच्चैमा अरुलाई वचन दिने बानीले अप्ठ्यारो पार्न सक्नेछ ।

सिंह :- (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा हुने सँभावना रहेकोछ ।                  कन्या:- ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त साथी वा वित्तिय संस्थाबाट सहयोग पनि पाईनसक्नेछ

तुला:-(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ नयाँ ज्ञान सिक्ने अरुलाई पनप सिकाउने सुनौलो मौका मिल्नेछ ।

वृश्चिक:- (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुलाई प्रभावित पारेर आफ्नो काम वनाउने अवसर प्राप्तहुने योग छ । तपाइको प्रगति विवरणको क्षेत्रमा प्सफलता हुनेछ । बन्धु बान्धव र साथीबाट सहयोग मिल्नेछ । छोटो धार्मिक यात्राको योग पनि रहनेछ ।

धनु:- (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज खानपिनमा सजकता अपनाउनु पर्नेछ, पेटमा समस्या आउन सक्नेछ । मनमा सोचेको योजनामा सङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मकर:- (भो,जा,जि,ख,खि,खु,खे,खो,गा,गि)
आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई वचनले प्रभावित पारेर काम बनाउन सकिने समयछ । स्त्री वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ

कुम्भ:- ( गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज दिउँसो पख शुभ समाचार सुन्न पाइएला छरछिमेकका काममा वा धार्मिक कार्यमा रुची बढ्नेछ आजको दिन पुराना साथी सँगको भेटले मनोरन्जन प्रदान गर्नेछ भने शिक्षा क्षेत्रमा सफलता मिल्नेछ ।

मीन:- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज थोरै लगानीवाट पनि धेरै फाईदा हुनेछ पुराना वल्झेका कामहरु अगाडी बढ्नेछन । गुरुजन वा सो सरहका व्यक्तिवाट वौद्धिक सहयोग मिल्ला व्यवसाय सफलता तर्फ जाला र सोचे अनुसारको सफलता मिल्नाले मन प्रसन्न रहला ।
“सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया”

Comments

ताजा खबर