पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

२०७७, २१ चैत्र शनिबार २०:४४

काठमाडौंचैत २१ नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले आज संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन् ।

सांकेतिक तस्बिर फाइल फोटो

आज यहाँ आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो । घोषित उम्मेदवारहरूमा अध्यक्षमा पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी हुनुहुन्छ ।

यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ, महिला सचिव सुजना अर्याल, आदिवासी जनजाती सचिव नारायणसुन्दर किलम्बू, मधेशी सचिव दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, एसशोसिएट सचिव पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने हुनुहुन्छ । यस्तै खुला सदस्यमा छवि तिवारी, नारायणप्रसाद पङ्गेनी, वासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री हुनुहुन्छ । महिला सदस्य (खस आर्य)मा सरिता तिम्सिना, महिला सदस्य (मधेशी)मा ललिताकुमारी साह, आदिवासी जनजाति महिला सदस्यमा शान्ता आङबुहाङ, दलित महिला सदस्यमा सरिता बराइली हुनुहुन्छ ।

यस्तै आदिवासी जनजाति सदस्यमा भीसन राई र आदिवासी जनजाति (महिला)मा सन्चकुमारी लामा तामाङ, दलित सदस्य प्रकाश धौलाकोटी र दलित महिला सदस्यमा राधा नेपाली उम्मेदवार हुनुहुन्छ । मधेशी सदस्यमा सुभाषप्रसाद साह र मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्र, सदस्य (अपाङ्गता) मा नवीन रिजाल र अल्पसङ्ख्यकमा इफ्तार हसन, लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी र लेखा समिति सदस्य (महिला)मा देवी सापकोटा हुनुहुन्छ ।

Comments

ताजा खबर