मेलम्चीको पानी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कृष्णप्रसाद भट्टराईबारे के भनिन् ?

२०७७, २० चैत्र शुक्रबार १९:०३

काठमाडौं, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौं भित्रिएसँगै भूमण्डललाई पनि सहयोग पुग्ने बताएकी छिन् ।

फाइल फोटो
भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर शुक्रवार मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाका जलाधार क्षेत्रको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताएकी छिन् ।उनले जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको अत्यधिक दोहनजस्ता कारणले पानीका स्रोतहरू प्रदुषित र संकटग्रस्त बनेको बताउँदै मेलम्चीको शुद्ध पानी ल्याउन नेपाल सफल भएको बताइन् ।

उनले मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने पानीले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरै सहज हुने तर्क गरिन् ।राष्ट्रपति भण्डारीले प्रजातन्त्र पुनर्स्थापनापछिको तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिवद्धता गरेपछि आयोजनाले थप महत्व र प्रचार पाएको बताइन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु