२२ माघ (रासस) : गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसाखण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो ।आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् । बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीयउत्पादनले बजार पाएपछि किसान आलुखेतीमा लागेका छन् । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकालेआलु उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।<