वायु प्रदुषणले शिक्षण संस्था चार दिन बन्द

२०७७, १६ चैत्र सोमबार १६:५८

वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था चार दिन बन्द हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था तत्कालका लागी चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुने छन् । लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको मन्त्रालयले जनएको छ ।

Comments

ताजा खबर