कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

२०७७, १४ चैत्र शनिबार ११:५६

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको फागुन १४ गते मस्तिष्कघात  भएरअस्पताल भर्ना भएका जोशीको शुक्रबार साँझ निधन भएको हो  जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेरउपचार गरिएको थियो उनको शुक्रबार साँझ साढे आठ बजे निधन भएको हो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीको निधनले एक इमान्दार निष्ठावान नेता गुमाएको बताएका छन् जोशीकोनिधनको खबरले मर्माहित बनाएको भन्दै देउवाले उनको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् 

मष्तिष्कघात भएपछि फागुन १४ गतेदेखि जोशीको नर्भिक अस्पतालको अति सघन कक्षमा उपचार भइराखेको थियो  

उच्च रक्तचापको औषधि सेवन गरिरहेका जोशीलाई भएको मस्तिष्कघात एकदमै जटिल खालको रहेको नर्भिक इन्टरनेसनलअस्पतालका वरिष्ठ न्युरो सर्जन डा.. राजीव झाको भनाइ  मष्टिष्कघातपछि अस्पताल पुर्‍याउँदा उनको टाउकोमा पानी जमेकोपाइएको थियो। 

जोशीका बायाँ खुट्टा  हातमा फागुन १३ गते राति समस्या देखिएको थियो त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीरमापुग्दासम्म उनी बोल्न सक्ने अवस्थामा थिए। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। अस्पताल पुगेदेखि नै अचेतरहेका जोशीको एक महिनाको उपचारपछि निधन भएको हो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु