कौसीखेतीमा शहरबासीको आकर्षण, स्थानीय सरकार प्रोत्साहन गर्दै

२०७७, १२ चैत्र बिहीबार ०८:३५

पाल्पा । आधुनिक र सुबिधासम्पन्न भवनहरुले शहरबजार भरिदै जादा बजार क्षेत्रमा करेसाबारीको अभाब बढ्न थालेको छ । जग्गाको अभाव भएपछी करेसाबारिको बिकल्पमा कौसी खेतीतर्फ बजारबासीको आकर्षक बढ्न थालेको छ ।
कौसीखेती तर्फ आकर्षक बढेपछि तानसेन नगरपालिकाले तालिम र प्रोत्साहन गर्नलागेको छ । तानसेन नगरपालिका वडा नम्बर ४ भित्र रहेका ११ वटा टोलविकास संस्था र एक आमा समूहका महिलाहरुलाई यस सम्बन्धी तालिम दिएर खेती गर्न प्रेरित गरेको छ । भान्छाबाट उत्पन्न फोहोरको ब्यवस्थापन र आफैंले उत्पादन गरेको तरकारी खान पाइने भएपछि यहाँका महिलाहरु कौसी खेतीतर्फ आकर्षित भएका हुन् । सिल्खानटोल टोल विकास संस्थाको समन्वयमा वडा कार्यालय र ग्रामिण आर्थिक विकास संघ (रेडा) को आर्थिक सहयोगमा समुहका महिलाहरुलाई तालिम, विउविजन र कृषि सामग्री उपलब्ध गराइएको छ । तालिममा ५५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

तालिमको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले कृषक लक्षित विभिन्न तालिम र आवश्यक तरकारी कौसीमै खेती गरी कम जग्गामा बढी उत्पादन गर्ने विकल्पमा तानसेन सरकार रहेको बताउनुभयो । विषादी रहित तरकारीको उत्पादन गरी स्वास्थ बन्न नगरप्रमुख शाहिको आग्रह रहेको छ । तानसेन नगरपालिका वडानम्बर ४ का कार्यवाहक अध्यक्ष गणेश थापाले महिलाहरुको शसक्तिकरणको पाटोमा वडा कार्यालयले विशेष ध्यान दिएको बताउदै कौसी खेती कार्यक्रमका लागी १ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने हुँदा कौसीखेती बिषादीरहित स्वस्थ्यकर र आयआर्जनको गतिलो माध्यम बन्न सक्नेछ । तालिमबाट लिएको ज्ञान् व्यवसायिक रुपमा प्रयोगगर्न सक्नुपर्छ । कौसीखेतिको तस्बिर गुगलबाट लिइएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु