घरटहारा हटाउन नगरपालिकाको ७ दिने म्याद

२०७७, ११ चैत्र बुधबार ०९:०६

पाल्पा । तानसेनमा घरटहारा हटाउने विषय यतिबेला निकै चर्चामा छ । तानसेन नगरपालिकाले कैलाशनगर देखी रानीमहल सडक क्षेत्रमा पर्ने घरटहरा हटाउन निर्देशन गरेकाे छ । नगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र बाटोको मापदण्ड भित्र परेका घरटहरा हटाउन भनेकाे हाे । ताेकिएकाे समयभित्र घरटहरा नहटाइएमा नियमानुसार भैजाने प्रकाशित सूचनामा उल्लेख छ ।

नगरपालिकाले संरचना बनाउने बेलामा बनाउन दिने र बाटो बिस्तारको क्रममा भत्काउन लगाउने प्रवृत्तिप्रती स्थानीयले बिरोध गरेका छन । संरचनाको क्षेती बनाउन भन्दा पहिलेनै बाटोको मापदण्ड भित्र बनाउने कार्यलाई रोक्न आवस्यक छ ।

Comments

ताजा खबर