मिथिलाको लघुवित्त लाभांश पारित गर्न चैत २९ गते एजीएम ,बुक क्लोज कहिले?

२०७७, ८ चैत्र आईतवार १७:२९

काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्थाले चैत २९ गते वार्षिक साधारण सभा गर्ने भएको कम्पनीले १२% बोनस सेयर कर तिर्न.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ यस्तै, बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्रतथा नियमावली संशोधन हुनेछ  

 सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना महिला सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको मिथिलाले अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिनेभएको कम्पनीले हाल कायम १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँ चुक्ता पुँजीमा १२% बोनस प्रस्ताव गरेको हो  

 प्रस्तावित बोनसपछि चुक्ता पुँजी १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैयाँ पुग्नेछ सभा होटल राजदरबार एन्ड नवरंग रिसोर्ट, जनकपुरधनुसामा बिहान ११ बजे सुरु हुनेछ सभा प्रयोजनका लागि चैत १७ गते बुक क्लोज हुने भएकाले चैत १६ गतेसम्म कायम रहने सेयरधनीमात्र सभामा भाग लिन लाभांश पाउन योग्य हुनेछन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु