क्रियाशिल स्वतन्त्र पत्रकारकाे नेतृत्व खाेजाै

२०७७, ७ चैत्र शनिबार ०८:३२

जिबलाल सुवेदी ।
नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको अधिबेशन यहि चैत्र २५ गते हुदैछ । स्वतन्त्र हुनुपर्ने संस्थामा दलहरूवाट नै प्रतिनिधि चयन गरिदै छ । दलहरूको सिफारिसमा प्रतिनिधि जाने भएकाे कारणले वास्तविक पत्रकार त्यहा पुग्न सक्दैनन् । दलकाे नजिक भएको ब्यक्तिले संस्थाको नेतृत्व गर्न पुग्छ ।

संस्थाको सदस्यता लिएकाे तर पत्रकारिता क्षेत्रमा ज्ञान नएकाे पत्रकार त्याहा पुग्छ र दलकाे कुरा लाई धेरै ध्यान दिन्छ । वास्तविक पत्रकारिता गरेर खानेकाे समस्या वुझ्दैनन । जहिले पनि ती श्रमिक पत्रकारका समस्या जहाकाे त्यहि रहन्छ । वास्तविक समाचार पनि बाहिर अाउन पाउदैन । यसले गर्दा समाज र देशका समस्याहरू पनि जहाकाे त्यहि रहन्छन । पत्रकारका हक हित अधिकार हराउदै जान्छ र पत्रकारिता फिल्डमा आउने पत्रकार पनि चिन्तित वन्दै फर्किन्छ । किन भन्दा वास्तविक समाचार लेख्न सक्दैन याे किन हुन्छ त भन्दा याे देश चलाउने दलका नेताहरूले हाे त्यहि दलका नेताका कार्यकर्ता पत्रकारकाे उच्च पदमा पुगेकाे हुन्छ । त्यहि वाट वास्तविक घटेका घटना बाहिर आउन पाउदैन । दुर्भाग्य भनौं कतिपय पत्रकारहरू किन मारिन्छन भन्दा वास्तविक पत्रकारिता गर्दा नेपालमा पत्रकारहरू धेरै असुरक्षित हुने कारण पनि यहि हाे ।                                                                         “अवकाे नेतृत्व पत्रकारिता बुझेको, समस्यालाई सामाधान गर्न सक्ने, आफ्ना हकहितलाई संरक्षकत्व प्रदान गर्न सक्ने सबल ब्यक्ती र नेतृत्व खाेजिगरि चयन गर्नु पर्छ । नेतृत्व तह, सञ्चार माध्याम र सन्चारकर्मी सबै स्वतन्त्र हुनुपर्छ ।” 

राज्यले पत्रकारकाे लागि कुनै पनि सुविधा दिएकाे छैन यसले गर्दा कति मिडियाहरू खुल्छन र हराउदै जान्छन । पत्रकार पालिने भनेकाे मुख्यत विज्ञापन नै हाे राज्यका ठुला ठुला विज्ञापन हुन्छन । सिधै मिडियालाई नदिएर विचाैलिया लाई दिन्छन । याे पनि पहुच भएकाले मात्र पाउछ यसले गर्दा पनि धेरै मिडियाहरू खुल्छन बन्द हुन्छन् । वास्तमा भन्ने हाे भने पत्रकार लाई दलगत जान दिनु हुदैन पत्रकारलाई स्वतन्त्र हुन दिनु पर्छ । जसले पत्रकारका पिरमर्का वुझेकाे छ जाे पत्रकार कापिकलम लिएर दिन रात खटेकाे छ उहीँ पत्रकारलाई नेतृत्व दिने हाे भने पत्रकारिता क्षेत्रकाे विकास हुन्छ र पत्रकारहरू पनि हासेकाे देख्न पाईन्छ ।
पत्रकारिता नगर्ने ब्यक्ति सदस्य हुदैमा नेतृत्व तहमा जान दिन हुँदैन । वास्तविक पत्रकारहरूले कतिपय पत्रकारले वास्तविक समाचार वनाउन सक्दैनन् अाज लेख्ने हाे भाेलि के हुने हाे भनेर लेख्नु भन्दा पहिल्यै डरले कामेर कालाे र निलाे हुन्छन । वास्तविक समाचार बाहिर ल्याउन पनि यहाँ दलकाे अाड चाहिने देखिन्छ । यसले गर्दा धेरै पत्रकार वास्तविक पत्रकार वन्न सकेका छैनन अार्थिक देखि डर धम्की सहन नसकेर अर्को विकल्प राेज्छन । याे राज्य पाउने सुरक्षाकाे अनुभुति पत्रकार लाई छैन । अर्कोतर्फ दिनभरि काम गरेर साझ विहान खाने समस्या छ । पत्रकारलाई अब मिडिया दर्ता हुनु पुर्व राज्य वाट पाउने सुविधाकाे काे राम्रो व्यवस्था नभए सम्म रूनका लागि मिडिया नखाेलाै । अब वन्ने पत्रकारको नेतृत्वले मिडिया चलाउने पत्रकार लाई हरेक कुरामा सुविधाको ग्यारेन्टी ल्याएर मात्र मिडिया दर्ता दिने व्यस्था मिलाउनु पर्छ ।
अवकाे नेतृत्व पत्रकारिता बुझेको, समस्यालाई सामाधान गर्न सक्ने, आफ्ना हकहितलाई संरक्षकत्व प्रदान गर्न सक्ने सबल ब्यक्ती र नेतृत्व खाेजिगरि चयन गर्नु पर्छ । नेतृत्व तह, सञ्चार माध्याम र सन्चारकर्मी सबै स्वतन्त्र हुनुपर्छ ।

लेखक स्वतन्त्र पत्रकार संघ नेपालका महासचिब हुनुहुन्छ ।

Comments

ताजा खबर