दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने

२०७७, ६ चैत्र शुक्रबार १६:१६

काठमाडौंचैत ६ नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने भएको छ । साइबर सेक्युरिटी ल्याब स्थापना गर्न प्राधिकरणले बुधबार आशयपत्र माग गरेको छ ।

फाइल फोटो

टेलिकम सेवा प्रदायकको सुरक्षाका लागि प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्न लागेको हो । ल्याबबाट साइबर सुरक्षा सम्बन्धि अध्ययनका साथै तालिम पनि प्रदान गरिनेछ ।  इच्छुक तथा योग्यता पुगेका परामर्शदाताले थप जानकारी तथा आशयपत्र सम्बन्धि डकुमेन्ट प्राधिकरणको केन्द्रीय कार्यालयबाट निःशुल्क पाउन सक्ने छन् ।

साइबर सेक्युतिटी ल्याबले टेलिकम क्षेत्रको कम्प्युटर सिस्टममा आउने विभिन्न आकस्मिक खतराहरुलाई समाधान गर्ने रेस्पोन्स टिमको रुपमा काम गर्नेछ ।प्राधिकरणका अनुसार परामर्शदाता छनोका लागि ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र बाँकी १० प्रतिशत क्षमतालाई आधार बनाइने छ । आशयपत्र बुझाउने समय आगामी चैत १९ गतेसम्म तोकिएको छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु