पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०७७, ३ चैत्र मंगलवार २०:५१

चैत्र ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रती लिटर २/२ रुपैयाँ का दरले मुल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले यसअघि फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले अन्तर्राष्ट्रियतर्फ ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ । निगमका अनुसार अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।

Comments

ताजा खबर