पाल्पा व्यापार संघको बैठक सुर्खेतमा, वार्षिक कार्ययोजना तयार

२०७७, २ चैत्र सोमबार ०७:३९

पाल्पा, २ चैत्र । नवनिर्बाचित पाल्पा व्यापार संघको पुर्ण बैठक सुर्खेतमा सम्पन्न भएको छ । बैठकले
कार्ययोजना र आफ्नो बार्षिक क्यालेण्डर तयार गरेको छ । दुई बर्षे कार्यकालको रणनैतिक कार्ययोजना निर्माणका लागी संघको कार्यसमिति भ्रमणमा निस्किएको थियो ।

फागुन २७ देखि २९ सम्मको भ्रमणबाट ब्यापार संघका सदस्यहरुको अनुभव साटासाट र क्षमता बिकासका लागी विभिन्न जिल्लाका चेम्बरहरु संग भेटघाट र कार्ययोजना बारे छलफल गरेको संघका सचिब पर्शुराम पौड्यालले जानकारी दिनुभयो ।

दाङको तुल्सिपुर चेम्बर सँग भेटघाट गरी फोहरमैला व्यवस्थापनबाट बायोग्यास निकालेको स्थानमा अबलोकन, सुर्खेतम़ा हुदैगरेका नबिनतम कार्यहरुको निरीक्षण गरेको पौड्यालले बताउनुभयो । पौड्यालका अनुसार भ्रमणका क्रममा पाल्पाको ब्यापार वृद्धि र पर्यटन ब्यवसायलाई थप प्रचारप्रसारका लागी विभिन्न स्थानहरुमा पाल्पा जिल्लाका धार्मिक र प्रयटकीय स्थान झल्किने ब्यानर र बोर्ड राखिएको छ ।

कोरोना प्रभावबाट निकै प्रभावित बनेको पाल्पाको पर्यटन ब्यवसायलाई सफलता बनाउन पाल्पा ब्यापार संघले गरेको यो प्रयासलाई सकारात्मक रुपमा हेरिएको छ ।

Comments

ताजा खबर