पञ्चाङ्ग सहित तपाइको राशिफल

२०७७, २५ फाल्गुन मंगलवार ०२:५८

ज्यो. जयराम सापकोटा, पाल्पा । आज मिति वि.सं.२०७७ फागुन २५ मंगलवार, तदानुसार 2021 Mar  09 तारिख, फाल्गुण कृष्ण पक्ष उत्तराषाढा नक्षत्र मकर रासी, विजया एकादशी ।

मेष: (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राम्रो व्यवहार पुर्याउन नसक्नाले झगडा र विवाद हुनेछ ,सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्,तनाव बढाउने देखिन्छ, कर्मवृत्तिका सामान्यतया अनुकूल रहनेछन्,आजको शुभ अंक ११ रहेको छ।
बृष: (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्तबीच अविश्वास बढ्ला,अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ,खर्च गर्नुपरे पनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।
मिथुन:-(का,की,कू,घ,ङ,छ,के,को,हा)
काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ,भेटघाट हुनेछ र तिनीहरूको सल्लाह र सद्भाव प्राप्त हुनेछ ,दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ र सन्तानबाट प्रसन्नता मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।
कर्कट:- (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सवारी साधनको प्रयोग होसियारीसाथ गर्नुपर्ने बेला छ,पढाइलेखाइमा सामान्य प्रगति र नोकरीमा केही चुनौतीको योग छ,गोपनीयतामा जोडदिनुहोला,आजको शुभ अंक १ रहेको छ ।
सिहं:- (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)–
विरोधीहरू बढ्नाले आँटेका काममा केही चुनौती देखापर्ने सम्भावना छ,कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ,पढाइलेखाइ अपूर्ण देखिन्छ,अनावश्यक खर्च,कर्जा र चोटपटकका कारक देखिन्छन्,आजको शुभ अंक १२ रहेको छ।
कन्या: (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,सन्तानबाट सुख मिल्ने योग छ,रोकिएका काम सुरु हुनेछन् आर्थिक उपार्जनमा सुधार आउनेछ,घरमा मंगलमय कार्य सम्पादन हुनेछन्,आजको शुभ अंक ३ रहेको छ।
तुला:- (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,स्थायी सम्पत्ति बिक्री हुन सक्छ, काममा बाधा,अस्वस्थता,मिथ्या आरोप र अरूबाट अन्याय सहन गर्नुपर्ने अवस्था आउनेछ,आजको शुभ अंक ९ रहेको छ।
बृश्चिक:- (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ ,पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ,मानसम्मान पाइनेछ,लगानीको प्रतिफल व्यापार व्यवसायमा लाभ मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।
धनु:- (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
स्थायी सम्पत्तिमा केही विवाद आउला,धर्मकर्ममा मन जाला,पढाइलेखाइमा प्रगति हुनेछ निजी व्यवसायमा लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ,चौपायाबाट पनि सोचेको फाइदा नहुन सक्छ,आजको शुभ अंक ५ रहेको छ।
मकर:-(भो,जा,जी,ख,खी,खू,खे,खो,गा,गी)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ,शिक्षा र साझेदारीमा फाइदा हुनेछ,चिन्ता,आलस्य र अस्थिरताका कारक देखिन्छन्,आफ्नै कमजोरीले फाइदा गुम्न सक्छ, आजको शुभ अंक ८ रहेको छ।
कुम्भ:- (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
यात्रामा समस्या आउने,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ,बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ, भूमि,घर अथवा वाहन प्राप्तिको योग छ,विद्यार्थीहरूका लागि विशेष उपलब्धि हुनेछ, आजको शुभ अंक ६ रहेको छ।
मीन:-(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,पारिवारिक असमझदारी,आत्मीय जनसँग बिछोड र खिन्नता निम्त्याउने देखिन्छ, एक्लोपनाको अनुभूति हुनेछ,आजको शुभ अंक १० रहेको छ।

Comments

ताजा खबर