कुवेतमा अनुसार मार्च महिना भर कर्फ्यु लागु हुनेछ ।

२०७७, २४ फाल्गुन सोमबार ०७:००

कुवेतमा केहि दिन देखि लगातार बढी रहेको कोरोना भाईरस नियन्त्रणका लागि आज बसेको क्याबिनेट बैठकले आइतबार आज देखि देश भर लागु हुने गरी साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घण्टा कर्फ्यु आदेश जारी गरिएको छ । अरब टाइम्स कुवेतले जनाए अनुसार मार्च महिना भर कर्फ्यु लागु हुनेछ । आइतबार देखि अहिले बन्द अवस्थामा रहेको शैलुन तथा जिमखानालाई भने स्वास्थ्य मापदन्ड पालना गरि खोल्न अनुमती दिएको छ । यस अघि फेब्रुअरी २२ तारिकमा बसेको क्याबिनेटको बैठकले कर्फ्यु आदेशको प्रस्ताब खारेज गरेका थिए ।

कुवेत सरकारले दोश्रो पटक कोरोना भाईरस नियन्त्रनको लागि कडा कदमहरु चालेको छ । यस अघिको बैठकले सामाजिक दुरी पालना नगरि भेलागत रुपमा भेटे तीन महिना जेल र पाँच हजार केडी जरिवाना लाउने जेल र पाँच हजार केडी जरिवाना लाउने क्याबिनेटको निर्णय गरेका थिए

Comments

ताजा खबर