ठगीदै उपभोक्ता: दुध डेरीमा अनुगमन घिउको तौलमा कमी

२०७७, २२ फाल्गुन शनिबार ०७:५८

पाल्पा, २३ फागुन
तानसेनको बजार क्षेत्रमा ठुला चाडबाडको बेला मात्र औपचारिकता निभाउन गरिने बजार अनुगमन, अहिले भने तिब्रता पाएको छ । अनुगमनले तिब्रता पाएसङ्गै उपभोक्ता ठगिनबाट बचेका छन । कोराना कहरका बेला अनुगमन सुस्ताएको मौका छोपी तानसेन नगरपालिका दुध डेरी र मिठाइ पसलहरुले कम तौलको घिउ बिक्री गरेर उपभोक्ताहरुलाई ठगी गरेको पाइएको छ ।

तानसेन नगरपालिका कार्यालय सहितको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा यस्तो भेटिएको हो । डेरी पसलमा घिउको तौलमा कम, डिब्बामा लेवल नराख्ने, आईसक्रिममा उत्पादन मिति नराख्ने, पसलमा सरसफाइ नगर्ने, दुध र दही बिक्रीमा प्याकेजिङ नगरेको भेटिएको छ । अनुगनमा शंका लागेपछि गु्णस्तर निर्धारणका लागी दुध, दही, घिउ, छुर्पी र मिठाइहरुको नमूना परिक्षण गर्न खाद्यय प्रविधी तथा गुण नियन्त्रण कार्यालय प्रयोशाला भैरहवामा पठाइएको छ । नमुना संकलन गरी परिक्षणलाई पठाएको रिर्पोट आएपछि व्यवसायीहरुलाई सचेत गराउने वा कारवाही गर्ने भन्ने निर्णय हुनेछ । नजानिदो तरिकाले डेरी पसलहरुले उपभोक्ता ठगेको दखियो, संचालकहरुसंग बसेर कुरा गछौ र कार्यान्वयन नगरे डेरी संचालकहरु कारवाही समेत गर्ने तानसेन नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेमशलाल न्यौपाने बताउनु भयो ।
बजारका एक दर्जन डेरी पसलहरुमा एक किलो घिउमा एक सय ग्रामसम्म कम भेटिएको हो । डेरी पसलहरुले उपभोक्ताहरुलाई घिउ मात्रै एक किलो दिनुपर्ने भएपनि घिउ राखेको डिब्बा समेत घीउको तौलमा गाभेका छन् । नियमित बजार अनुगमनको अभावमा व्यापारीहरुले उपभोक्ताहरुलाई ठगी गर्ने गरेका छन् । दुध, मासु र अन्य खाद्यन्नमा व्यावसायहीरुको तौल कम दिने, तोकिएको मुख्य भन्दा बढी लिने, म्याद सकिने बस्तु बिक्री गर्ने वा स्वास्थ्यका लागि हानी पुग्ने बस्तुहरु पनि बिक्री गर्ने गरेका उद्दाहरण छन् । जसको नियन्त्रणका लागी बजार अनुगमन लाई तिब्रता दिन आवस्यक छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु