महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

२०७७, २२ फाल्गुन शनिबार ०३:४४

नेपालगञ्ज,महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको एक सय एघारौँ अन्तर्राष्ट्रिय महिलादिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा शुक्रबारदेखि महिलाका लागि तीन दिने तालीमशुरु गरिएको हो

तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक किरण रााणाले शारीरिक मानसिकरुपमा सक्रिय भएमा महिलालाईआत्मसुरक्षामा सहयोग पुग्ने बताउनुभयो उहाँले महिला यस सृष्टिका सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनिपुरुषभन्दा कमजोर नठान्न सहभागीलाई आग्रह गर्नुभयो

उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालीमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्नसिकाउने आशा व्यक्त गर्नुभयो उहाँले राज्यले महिलालाई सुरक्षा, समावेशी, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भए पनित्यसको कार्यान्वयन गर्न नसकिएको बताउनुभयो कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष नमस्कार शाह, इन्प्रोककाअध्यक्ष तेजविक्रम शाह, स्वास्थ्य तथा शिक्षा विकास केन्द्रका उपाध्यक्ष गणेशप्रसाद भट्टराईलगायतले बोल्नुभएको थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु