नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

टोपबहादुर भन्छन्– ‘ओली विकास र समृद्धिका नायक हुन्’

२०७७, २० फाल्गुन बिहीबार ०९:४०

काठमाडौंफागुन २० । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली विकास र समृद्धिको नायक भएको दाबी गरेका छन् ।

फाइल फोटो

सुनकोशी-मरिन बहुउद्देश्यीय आयोजना शिलान्यास समारोहलाई बिहीवार सिन्धुलीमा सम्बोधन गर्दै रायमाझीले यस्तो दाबी गरेका हुन् ।‘कतिपयले तपाईंहरूले केपी शर्मा ओलीलाई किन समर्थन गर्नुभयो भनेर भन्नुहुन्छ,’ ओलीलाई समर्थन गर्नको कारण खुलाउँदै रायमाझीले भने, ‘उहाँ विकास र समृद्धिको नायक हो । ज्यादै प्रतिकूल अवस्थामा, छोटो अवधिमा समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका साथ अगाडि बढिहरनुभएको छ ।’

पूर्व माओवादी खेमाका नेता रायमाझी प्रतिनिधि सभा विघटनपछि ओली पक्षमा लागेका थिए । यद्यपि अहिले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरिसकेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु