मलको समस्या सधैँको लागि अन्त्य भयोः कृषिमन्त्री अर्याल

२०७७, २० फाल्गुन बिहीबार ०९:२७

काठमाडौँ, फाल्गुन २० । कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषि मलको समस्या सधैंको लागि अन्त्य भएको बताएकी छन् ।

फाइल फोटो

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैंको लागि अन्त्य भएको बताएकी हुन्।आफूले मन्त्रालय सम्हालेपछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति गर्न हुन थालेपछि मलको समस्या हटेको उनले बताइन्।

मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखाना स्थापना गर्ने गरी काम अगाडि बढेको मन्त्री अयालको भनाइ छ। मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन्। यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले जनाएको छ।

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपूर्तिको प्रक्रिया यही महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले बताइन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु