आजको पञ्चाङ्ग तथा रासीफल

२०७७, २० फाल्गुन बिहीबार ०४:३०

ज्यो. जयराम सापकोटा
आज मिति २०७७ फागुन २० बिहीवार तदानुसार सन 2021 Mar 4 तारिक, कृष्णपक्ष षष्ठी तिथि, विशाखा नक्षत्र, तुला रासी आउनुहोस विण्णु नारायणको दर्शन सँगै आजको दिनको शुभारम्भ गरौ ।

मेष <> साथ दिनेहरू फेला पर्नेछन्,जे कुरा जानिएको छ अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ,परिवारजनसँग आत्मीयता बढ्नेछ,प्रेम र मित्रताको बन्धन कसिनेछ,प्रयत्न गरेको काम आजको शुभ अंक – ४ रहेको छ ।

बृष <> सवारी साधन तथा यान्त्रिक बस्तुबाट चोटपटक लाग्न सक्छ,परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ, पहिलेका निर्णयले काममा समस्या निम्त्याउन सक्छ,आजको शुभ अंक- १२ रहेको छ ।

मिथुन <> आलश्य पनि दूर हुनेछ,मनमा प्रशन्नता छाउनेछ,श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा पछिका लागि फाइदा हुनेछ,अध्ययनमा प्रगति हुनुका साथै नजानेको आजको शुभ अंक-६ रहेको छ ।

कर्कट <> सामुहिक नेतृत्व गर्दै सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ,हिम्मतले काम लिँदा फाइदा हुनेछ, प्रतिस्पर्धीहरूले हार खानेछन,आजको शुभ अंक- ९ रहेको छ ।

सिहं <> लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ, आजको शुभ अंक -५ रहेको छ ।

कन्या <> विश्वास गरेका व्यक्तिले धोका दिने छन्,मुद्दामामलाका कुराहरु आईलाग्नसक्नेछन्,बन्न लागेको कार्य रोकावट आउन सक्छ,सहमतिका कार्यहरू भङ्ग हुन सक्छन् सञ्चित धनको खर्च हुन सक्छ, आजको शुभ अंक ६ रहेको छ।

तुला <> उपहारसहित भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,काम बिग्रने भयले सताउन सक्छ,न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला,स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक- ५ रहेको छ ।

बृश्चिक <>काम व्यवहारमा सफलता मिल्ने छ,सहोदरका व्यक्तिको सहयोग मिल्ने छ,अरूको सेवामा खटिँदै गर्दा आफैंलाई समस्या आउन सक्छ,विभिन्न अवसरले पछ्याए पनि मौकाको लाभ उठाउन नसकिएला, आजको शुभ अंक- १ रहेको छ ।

धनु <> राम्रै सहयोग गर्दा पनि अपजसको सामना गर्नु पर्ने हुनसक्छ,मेहनतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ,शुभचिन्तकहरूले साथ दिनाले सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ,आजको शुभ अंक -७ रहेको छ ।

मकर <> अधुरा काम पूरा गर्न नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ ,प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ,व्यावसायिक यात्रा सम्भावना छ, दाम्पत्य जीवन रमाइलो रहनेछ,आजको शुभ अंक – १० रहेको छ ।

कुम्भ <>आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ, बेलैमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला, समय दिन नसक्दा समस्या आउने छ, आजको शुभ अंक- ११ रहेको छ ।

मीन <> आम्दानि बढेता पनि साझ पख नसोचिएको धन खर्च हुनेछ,अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ,रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ,आजको शुभ अंक- ८ रहेको छ ।
नोट: कुन्डली निर्माण तथा ग्रहदशाका वारे जान्न इच्छुक व्यक्तिले कमेन्टमा जन्म मिति महिना गते र जन्म समय टिपाउन सक्नु हुनेछ । फोनवाट पनि सम्पर्क गर्न सक्नुहुनेछ ९८४७०२८२५२

Comments

ताजा खबर