पञ्चाङ्ग सहित आजको रासीफल

२०७७, १९ फाल्गुन बुधबार ०१:३५

आज तिति २०७७ साल फाल्गुन १९ गते बुधबार सन २०२१ मार्च ३ तारिख, प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु फाल्गुन कृष्णपक्ष चतुर्थी तिथि बिहान६ बजेर ४८ मिनेट उप्रान्त पञ्चमी तिथि, चित्रा नक्षत्र, आउनुहोस लिला विहानी श्रीकृण्णको दर्शन सँगै आजको दिनको सुरुवात गरौ ।

मेष – साहसिक काम बन्नेछ आरोग्यता बढ्ला सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनुहुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ यात्रामा सफलता प्राप्त होला । आरोग्यता बढ्ला यश ख्याति फैलिने छ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ ।

बृष – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द प्राप्त हुनेछ प्रेमपात्र सित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ ।

मिथुन – यात्रामा सफलता मिल्नेछ आयस्रोत बढ्नेछ लगानी बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्ला । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ पारिवारिक कलह शान्त हुनेछ । मान महत्त्व बढ्नेछ गीतसंगीतमा आकर्षण बढ्नेछ ।

कर्कट – आयस्रोत बढ्नाले आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्व बढ्ला भोजभत्तेर मा भाग लिनुहुनेछ । आरोग्यता बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुपर्नेछ ।

सिंह – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ,

कन्या – समस्याको समाधान मिल्नेछ । शुभ काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । भ्रमण बढ्नेछ । विवाद आदिमा नपर्नु उचित रहला । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ ऐनकानून लाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्यप्रति पनि सचेत रहनुपर्नेछ । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ ।

तुला – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ कार्यव्यापारमा सफलता प्राप्त होला योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख–सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि होला ।

धनु – सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रचनात्मक काममा इच्छा बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ नयाँ आयस्रोत वर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तान को सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ मिठो भोजन मिल्नेछ रमाइलोमा आकर्षण बढ्ला यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तको साथ मिल्नेछ लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला साझेदारीको काम बन्नेछ सुख–सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
“भाग्य कसैको पेवा होइन’ त्यसैले मिहनेत गर्नुस् भोलिको दिन हजुरका लागी आफ्नै भाग्य वन्नेछ”                     ज्यो. जयराम सापकोटा

Comments

ताजा खबर