बर्दियामा बाघको आक्रमणबाट एकको ज्यान गयो

२०७७, १७ फाल्गुन सोमबार १४:३३

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बाघको आक्रमणबाट एक जनाएको ज्यान गएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा भैसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट सोमबार ज्यान गएको हो।

फाइल फोटो

निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउपालिका–६ नौरंगाबाट बाघले झम्टेर लगेका थारुको शव करिव ६ सय मिटर पर क्षतविक्षत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ। इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोली र बन्जरीया सैनिक पोष्टबाट खटिएको सुरक्षाकर्मीको टोलीले थारुको शव फेला पारेको हो ।

गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार कैलालीको एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो। बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन्। बाघको आतंंक बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु