विपन्न परिवारको आवास व्यवस्थित, जिल्लामै पहिलो फुसको छाना रहित गाउँपालिका बन्यो बगनासकाली

२०७७, १७ फाल्गुन सोमबार ११:२७

पाल्पा, १७ फागुन ।
सबै विपन्न परिवारको घरमा टिनको छाना लगाएपछी
सम्बिधानमा ब्यवस्था भएको आवासको सुबिधा पुर्ण भएको महसुस भएको छ । बगनासकाली गाउँपालिका भित्र फुसको छाना रहेका घरहरुमा टिनको छाना लगाइएको छ । यो सङ्गै फुसको छानारहित गाउँपालिका बन्न सफल भएको छ । विस्थापन संगै बगनासकाली गाउँपालिका जिल्लामै पहिलो फुसको छाना रहित गाउँपालिका भएको हो ।

तिन बर्षको अबधिमा ६९ लाख रुपैंया खर्च गरि गाउँपालिकाले फुसको छाना विस्थापन गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक बर्ष ०७४/७५ र ०७५/७६ मा १५/१५ लाख रुपैंया तथा ०७६/७७ मा ३९ लाख रुपैंया बजेट खर्च गरि बगनासकाली गाउँपालिका भरीका विपन्न परिवारहरुको घरमा टिन लगाईएको गाउँपालिकाले जनाएको छ ।

स्थानिय तहको निर्वाचनको बेला घोषणापत्रमा उल्लेख गरिएअनुसार विपन्न परिवारको घरमा टिन लगाउने योजना सम्पन्न गरेको घोषणासभामा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी बताउनुभयो । बस्यालका अनुसार यो अबधिमा गाउपालिका भित्रका २ सय ५२ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।
फुसको छानाका कारण आगलागी हुँदा ठूलो परिमाणमा धनजनको क्षति हुने गरेको थियो । आगलागीको मारमा सबैभन्दा धेरै गरिव तथा विपन्न परिवार पर्ने गर्थे । जस्तापाताले बितरण पछि गरिब तथा विपन्न परिवारलाई राहत पुग्ने गाउँपालिकाले जनाएको छ । जसले विपद् व्यवस्थापनमा सहयोग पुग्नेछ ।

स्थानीय बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोकका समर बहादुर कुमाल गाउँपालिकाले घरमा टिनको छाना लगाईदिए पछि खुसी व्यक्त गर्छन । वडा नं. २ की माया कुमाल पनी जिवनभरीको त्रासबाट मुक्ति भएको बताउदै पालिका परिवारलाई धन्यवाद दिईन । अब घरमा आगलागी हुनबाट जोगिने आशा जागेको उनी बताउछिन । पालिकाभरी फुसको छानो हटाएर जस्तापाताको छानो लगाउँदा गाउँ नै उज्यालो देखिएको छ । सुरक्षित आवासलाई संविधानले समेत मौलिक हक भनेको छ । विपन्न परिवारको आवास व्यवस्थित गर्नु सकारात्मक कार्य हो । आवास पछि उनीहरुको आयस्तरमा वृद्धि गर्ने र जिवनस्तर उकास्ने खालका योजना अघि बढाउन आवस्यक रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु