बाँके, बर्दिया मैत्री समाज जापानको तेस्रो अधिवेशन सम्पन्‍न

२०७७, १७ फाल्गुन सोमबार ०७:११

जापान । बाँके, बर्दिया मैत्री समाज जापानको तेस्रो अधिवेशन सम्पन्‍न भएको छ ।

कोरोना भाइरसका कारण प्रत्यक्ष हुन नसकेपछि गत शनिबार भर्चुअल माध्यमबाट सम्पन्‍न अधिवेशनबाट अर्जुन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । २०२१-२०२३ को कार्यसमितिमा अध्यक्षमा थापासहित सबैजना सर्वसम्मत प्रस्तावमा गठन भएको

नवनियुक्त प्रवक्ता बलराम उपाध्यायले जानकारी दिए ।

अध्यक्षमा अर्जुन थापा, वरिष्ठ उपाध्यक्ष बिनोद वली, महिला उपाध्यक्ष ललिता बुढा मगर,  उपाध्यक्ष मिन के.सी., उपाध्यक्ष  सन्तोष पाण्डे र महासचिवमा भने ओम पौडेल चयन भएका छन् । दुई सचिवमा उत्तम खनाल, तेजु बि.सी, कोषाध्यक्ष सरोज बोहरा,

सहकोषाध्यक्ष सुशील थापा क्षेत्री चयन भए भने प्रवक्ताको जिम्मेवारी बलराम उपाध्यायले पाएका छन् ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु