१९ जेठ, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बारा पचरौता नगरपालिका–३ बस्ने २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको हो । कलैया अस्पतालमा उपचारको क्रममा मंगलबारसाँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार साँझ ५ बजे सिम्रौनगढ नगरपालिका– ९ बसवरियास्थित सिम्रौनगढ–कचोर्वा जाने नहरमा दुईवटा मोटरसाइकल ठोक्किएका थिए ।
कचोर्वा तर्फ जाँदै गरेको बीआर०५एएल ७०८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर०५वाई ५५७८ नम्बरकोमोटरसाइकल आपसमा ठोक्किएको हो ।
७०८३ नम्बरको मोटरसाइकलका चालक प्रदीपको टाउको तथा चिउडोमा चोट लागेको थियो । बेहास भई गम्भीर अवस्थामा उनलाईउपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो ।
५५७८ नम्बरको मोटरसाईकलका चालक भारतको मोतिहारी जिल्ला झरौखर थाना बिजवनी ग्राम पञ्चायत वडा नं.९ अठमुहान बस्ने २३वर्षीय रामपुकार महतो नुनियाको टाउको, हातमा चोट लागेको छ । उनको सिम्रौनगढकै कंकाली पोलिक्लिनिकमा उपचार भइरहेको रअवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।