वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

२०७७, ८ फाल्गुन शनिबार ०९:४८

काठमाडौँ,उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताउनुभएको काठमाडौँ महानगरपालिका मा निर्माण भएकोभीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गर्नुभयो

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उहाँको भनाइ उहाँले भन्नुभयोचुनावमा जनताले सही व्यक्तिलाईपुरस्कृत गलतलाई दण्डित गर्ने छन् जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् यसैले  ताजा जनादेशका लागि सबै तयारहुनुपर्छ

निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा  विकास समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ

वाग्मती प्रदेश सरकार स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो काठमाडौँ निर्वाचन क्षेत्र नं काप्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गर्नुभएको थियो 

सो अवसरमा उहाँले मन्दिर पुनःनिर्माण गर्न सफल भएकामा खुशी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएकोबताउनुभयो स्थानीयको करीब रु १६ लाख सहयोग उपलब्ध भएको उहाँले जानकारी दिनुभयो

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफूप्रतिबद्ध रहेको बताउनुभयो संस्कृति सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उहाँको भनाइ थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु